निर्वाचन अधिकारीमाथिको कारबाही पछि पाँच दिनदेखि जारी पुनर्बासको गतिरोध अन्त्य
मतदान सुरु गर्न राजनीति दलहरुबीच सहमती
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असार २१ बुधबार
412
Shares
पुनर्बास (कञ्चनपुर) । कञ्चनपुरको पुनर्बास नगरपालिकामा सम्पन्न निर्वाचनको मतगणना १देखि ६ वडाकै गणना पुनः गर्न आयोगमा पत्राचार गरे पछि ५ दिन देखि अबरुद्ध बनेको गणनाको कार्य सुचारु गराउन दलहरुबीच सहमति भएको छ ।
मतगणनाका क्रममा खसेको मत भन्दा बढि मत देखिए पछि बढेको बिवादका कारण अबरुद्ध बनेको गणनाको कार्य सुचारु हुने संकेत देखिएको छ । पुनः मतदानको माग राख्दै प्रदर्शनमा रहेका काँग्रेस, माओवादी केन्द्र र अन्य साना दलहरु निर्वाचन अधिकृत रमेश गौतम हटाइए पछि लचिलो हुँदै मतगणना सुचारु गर्न सहमत भएका छन ।
गौतमको सट्टामा नयाँ आएका अधिकृत टेकराज रेग्मीले असन्तुष्ट दलहरुको माग अनुसार पुनर्बासका ,२,३,४ र ६ नम्बर वडाको मतगणना पुनः गराउन निर्वाचन आयोगलाई माग राख्दै पत्राचार गरे पछि दलहरु सहमत भएका हुन । वडा नम्बर १ र ५ को पुनः मतगणना गर्न आयोगले पुनर्बास स्थित निर्वाचन कार्यालयलाई निर्देशन दिई सकेको थियो ।
अघिल्ला अधिकृत गौतमलाई कार्वाहीको माग गर्दै अडान लिएकाकाँग्रेस,माओवादी ,राप्रपा ,जनमोर्चा ,जनजागरण ,नयाँसक्ती लगायतका दलहरुले मानेका थिएनन् । आज अबेर सहमत बनेका दलहरु र निर्वाचन कार्यालय बिच अहिले आचारसंहिता निर्माणको बिषयमा अहिले छलफल भैरहेको छ । आज दिउँसो २ बजे बाट मतगणना सुचारु गर्ने सहमति भए पनि आचारसंहिता निर्माणको बिषयमा टुंगोमा पुग्न नसक्दा ढिलाइ भएको छलफलमा सहभागी दलका नेताहरुले बताएका छन् ।
यो संगै अब मतगणना लाई ब्यबस्थित र निश्पक्ष बनाउन गणना स्थलमा सिसि टिभी क्यामरा जडान गरिएको छ । गणनाका बेला बढी मत देखिएको भन्दै पाँच दिन अघि बढेको बिवाद झडपको स्थितिमा पुगेको थियो । पुनर्बासमा उत्पन्न बिवादले उग्र रुप लिदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायर र आधा दर्जन बढी अश्रुग्यास फायर गर्नु परेको थियो ।