arrow

उर्लाबारीको प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले

logo
प्रकाशित २०७४ असार २१ बुधबार
Urlabari_nagarpalika_map.png

उर्लाबारी (मोरङ)। उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका खड्ग फागोले ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गरे । उक्त नगरपालिकामा कुल २४ हजार ६३३ मत खसेको थियो । 

त्यस्तै उपप्रमुखमा एमालेका लक्ष्मी भण्डारीले नौ हजार ५३९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी सीता कार्कीले नौ हजार २८० मत प्राप्त गरिन्। मोरङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको उर्लाबारी नगरपालिकामा काँग्रेसले पाँच वटा वडा अध्यक्ष र एमालेले चारवटा वडा अध्यक्षमा विजयी भएका छन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ