रुपन्देहीको सियारी गाउँपालिकामा एमालेले लग्यो मुख्य दुवै पद
प्रकाशित २०७४ असार २१ बुधबार
181
Shares
बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । मङ्गलबार राति सम्पन्न मतगणनापश्चात् घोषित परिणामअनुसार एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा विजयी भएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरे ।
यस्तै, उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकी अमृता गुरुङ विजयी भइन् । उनले ६ हजार ५० मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै रीता चौधरीले पाँच हजार १२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिइन् ।
गाउँपालिकामा सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा एमाले र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेस विजयी भएका छन् ।
वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली काँग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा एमालेका किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी भए । यो गाउँपालिकामा १७ हजार २०८ मत खसेको थियो । रासस