arrow

बामपन्थीको गढमा हिन्दूबादीको दबदबा, झापामा राप्रपाका बाबुराजा गाउँपालिका प्रमुख

logo
प्रकाशित २०७४ असार २१ बुधबार
Jhapa_District.png

झापा । बामपन्थीको गढमा हिन्दूबादी नेताले शान राखेका छन् । अर्थात् झापाको गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी भएका छन् । उनी ३ हजार ७ सय ४० मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

झापालाई बामपन्थीको उद्गम स्थल मानिन्छ । तर एमाले भने निकै पछि रह्यो । बाबुराजाकी प्रतिद्धन्द्धी भने नेपाली कांग्रेसकी फूलवती राजवंशी थिइन् । उनले ३ हजार ४ सय ५३ मत प्राप्त गरिन् ।

उपप्रमुखमा भने कांग्रेसका दिपेन्द्र थापा विजयी भए । उनले ३ हजार ४ सय १४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी उम्मेदवार मोनिका राईले २ हजार ८ सय १७ मत ल्याइन् । 

योसँगै झापामा राप्रपाले झापामा मात्र ३ स्थानीय तह जितेको छ । यसअघि राप्रपाले जिल्लाको हल्दिबारी र कचनकबल गाउँपालिकामा जितिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ