arrow

कपिलबस्तुको ठूलो नगरपालिका बुद्धभूमिमा काँग्रेसको जित

logo
प्रकाशित २०७४ असार २१ बुधबार
kapilbastu_district_map.png

कपिलबस्तु । जिल्लाको ठूलो नगरपालिका बुद्धभूमिमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखका उम्मेद्धवार केशव श्रेष्ठ विजयी भएका हुन् । 

एमालेका उम्मेद्धवार रुपेश श्रेष्ठ भन्दा १३७ मत बढि ल्याएर केशव श्रेष्ठ विजयी घोषणा भएका हुन् । केशवले १० हजार ६३ मत ल्याए भने रुपेशले ९ हजार ९ सय २६ मत पाएका छन् ।

यसैगरी उपमेयरकी कांग्रेस उम्मेद्धवार मीरा चौधरी १० हजार २ मत ल्याएर विजयी बनेकी छिन् । उपमेयरमा एमालेकी उम्मेद्धवारले ९ हजार ४ सय ४९ मत ल्याएकी थिइन् । बुद्धभूमि नगरपालिकाको ५ वटा वडा कांग्रेस, ३ एमाले, १ फोरम र १ लोकतान्त्रिक फोरमले प्यानलसहित जितेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ