-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मोरङ । मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसले मेयर र उपमेयर दुवै मुख्य पद जितेको हो ।
मेयरमा काँग्रेसका कालीप्रसाद दास ५४७३ मतका साथ विजयी भए । उनले एमालेका प्रतिस्पर्धी हसन इमाम बस्समियालाई (३७७१ मत) पराजित गरे ।
त्यसैगरी उपमेयरमा ६१९३ मतका साथ काँग्रेसकी मञ्जुकुमारी शाह विजयी भइन् । निकटतम प्रतिस्पर्धी एमालेकी निरादेवी दासले ४७७१ मत ल्याइन् ।