arrow

गोला प्रथामा एमाले विजयी

logo
प्रकाशित २०७४ असार २० मंगलबार
uml-flag.png

सुरुङ्गा (झापा) । मत बराबर भएपछि झापाको कमल गाउँपालिकामा गोला प्रथाबाट गरेको निर्णयमा नेकपा (एमाले) विजयी भएको छ ।

सो गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका हुकुमसिंह राई र एमालेका मेनुका काफ्लेले बराबर मत आठ हजार २२५ प्राप्त गरें । मत बराबर भएपछि अध्यक्षमा को बस्ने भन्ने बिषयमा गोलाप्रथाबाट निर्णय गर्ने राजनीतिक दलबीच सहमति भएको थियो । सोहि सहमति अनुसार गोलाप्रथा गर्दा एमालेका काफ्ले विजयी भएको निर्वाचन अधिकृत प्रेमप्रसाद लुइँटेलले जानकारी दिए  ।

त्यस्तै उपाध्यक्षमा एमालेकै बेणु सिवाकोटीले नौ हजार ४१८ मत प्राप्त गरी विजयी भएकी छन् । भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसकी दीपा भण्डारी गौतमले चार हजार ९९२ मत प्राप्त गरिन् ।

वडाध्यक्षमा क्रमशः वडा नं १ मा काँग्रेसका केदार कटुवाल, २ मा नेकपा (एमाले)का ताराप्रसाद न्यौपाने, ३ मा नरप्रसाद दङ्गाल, ४ मा प्रेमबहादुर राई, ५ मा डम्बरबहादुर निरौला, ६ मा नरेन्द्र भट्टराई र ७ मा एमालेकै पृथ्वीपति राई विजयी भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ