arrow

बुटवलमा काँग्रेसले खाता खोल्यो

१२ वडा लगातार एमालेले जितेपछि बल्ल काँग्रेसको पालो आयो

logo
प्रकाशित २०७४ असार २० मंगलबार
butawal.png

बुटवल । रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले पहिलो पटक वडामा खाता खोलेको छ ।

उपमहानगरको १९ वडामध्ये मंगलबार आएको वडा १३ को अन्तिम परिणाममा कांग्रेसका नारायणसिंह पुन विजयी भएका हुन् । उनले एक हजार ७ सय ६५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका योग गुरुङले एक हजार ३ सय ६३ मत प्राप्त गरे ।

यसअघि उपमहानगरका १ देखि १२ नम्बर वडासम्म लगातार एमालेले जित हासिल गरेको थियो । समरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ