गुल्मी । गुल्मीमा झण्डै ५५ वर्ष पछि शहीदको सम्मान भएको छ । धुर्कोटका स्थानीयले शहीद शम्शेरबहादुरको सम्मान गर्दै नातिलाई जनप्रतिनिधि चुनेका छन् । सम्शेरबहदुरका नाति शिवबहादुर खत्री धुर्कोट गाउँपालिकाको उपप्रमुखमा विजयी भएका हुन् ।
शम्शेरबहादुको टाउको काटेर झुण्डाउँदै तत्कालिन बडाहाकिम चन्द्रमान थाकाली र प्रहरीले प्रदर्शन गरेका थिए । त्यतिवेला खत्री ४२ वर्षका थिए । सोही उमेरमा शहीद शम्शेरबहादुरकी धर्मपत्नीको सिउँदो पुछिएको थियो । लामो अन्तरालपछि शहीद परिवारबाट जनप्रतिनिधि चुनिएपछि स्थानीय खुशी भएका छन् ।
उपप्रमुख खत्रीले काँग्रेसबाट उम्मेदवारी दिएका थिए । धुर्कोटमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । गाउँपालिका प्रमुखमा भने माओवादी केन्द्रका भूपाल पोखरेल विजयी भए । उनले ५ हजार एक सय १६ मत ल्याए । खत्रीले ५ हजार एक सय ५८ मत ल्याए ।