arrow

रुपन्देहीको देवदहमा नेपाली काँग्रेस विजयी

logo
प्रकाशित २०७४ असार २० मंगलबार
rupandehi_district_map.png

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदबार विजयी भएका छन् । 

सोमबार राति अबेर घोषणा भएको निर्वाचन परिणामअनुसार नगरको प्रमुखमा काँग्रेसका क्षेत्र नं १ का सभापति समेत रहेका युवा नेता हीरा केसी विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । 

नगरपालिकामा विजयी केसीले १० हजार १७६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार टीकाराम चापागाईंले १० हजार ६२ मत मात्र प्राप्त गर्नुभयो । नगरका तीनवटा वडामा प्यानलसहित प्रमुख पद पनि काँग्रेसले जितेको हो । 

नगरपालिकाको उपप्रमुख पदमा भने एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी हुनुभएको छ । उहाँले १० हजार २११ प्राप्त गर्नुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)की टीका न्यौपानेले सात हजार ६६ मत प्राप्त गर्नुभयो । देवदहका नौवटा वडामा भने एमालेले जित हात पारिसकेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ