ताप्लेजुङ सिदिङ्वामा काँग्रेस विजयी, फक्ताङलुङमा एमाले
प्रकाशित २०७४ असार १९ सोमबार
218
Shares
ताप्लेजुङ । जिल्लाको सिदिङ्वा गाउपालिकामा नेपाली काँग्रेसका नरबहादुर कडरिया दुई हजार ५३७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका मानबहादुर राईले दुई हजार २९३ मत मात्र प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका जीवन ताम्लिङ लिम्बु दुई हजार ३४ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी संघीय लिम्बुवान पार्टी नेपालका देउबहादुर खुदाङले एक हजार ९९२ मत मात्र प्राप्त गरे ।
यसैगरी, फक्ताङलुङ गाँउपालिकाको अध्यक्षमा एमालेका सरोज एभेङ निर्वाचित भए । उनले एक हजार ९९८ मत ल्याएर विजयी भए । कांग्रेसका मणिप्रसाद लावुङ लिम्बूले एक हजार ६६५ मत मात्र प्राप्त गरे ।
उपाध्यक्षमा एमालेकै फुलमाया लिम्बू एक हजार ८८८ मतका साथ निर्वाचित भइन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी तारादेवी लिम्बूले ८३३ मत प्राप्त गरिन् ।