भीम रावलको गृह नगर साँफेबगरमा एमाले ४ सय मत अन्तरले विजयी
प्रकाशित २०७४ असार १९ सोमबार
521
Shares
साँफेबगर । अछामको साँफेबगर नगरपालिका नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा एमाले उम्मेदवार कुलबहादुर कुवर विजयी भएका हुन् ।
नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार ध्वजबहादुर कुवर ४ सय २६ मत अन्तरले पराजित भए । कुवरले ५ हजार ८ सय ३८ मत ल्याए । काँग्रेस उम्मेदवार ध्वजबहादुरले ५ हजार ४ सय १२ मत प्राप्त गरे ।
साँफेबगर एमोले उपाध्यक्ष भीम रावलको गृह नगर हो । रावलले त्यहीबाट मतदान गरेका थिए । यस्तै, उपमेयरमा एमालेकी विर्मला बुडथापाले निकटतम प्रतिस्प्रधी काँग्रेस उम्मेदवार रुपा आउजीलाई ७ सय १९ मत अन्तरले पछि पार्दै विजयी भइन् । एमाले उम्मेदवार बुडथापाले ५ सय ९ सय ८४ मत ल्याइन् । आउजीले ५ हजार २ सय ६५ मत ल्याइन् ।
साँफेबगर नगरपालिकाको १४ वडा मध्ये एमालेले ४, ५, ६, ८, ९, १०, १३ र १४ वडामा विजयी हुँदा काँग्रेस १, २, ३, ७, ११ र १२ वडामा विजयी भएको छ । मतदानमा धाँधली भएको भन्दै मतगणनाको सुरुवातमा विवाद भएको थियो । केही स्थानमा पुनः मतदानको माग समेत उठेको थियो ।