arrow

पुनर्वास नगरपालिकाको मतगणना अझै सञ्चालन हुन सकेन

logo
प्रकाशित २०७४ असार १९ सोमबार
punrwas.jpg

भीमदत्तनगर। राजनीतिक विवादका कारण कञ्चनपुरको पुनर्वास नगरपालिकाको मतगणना दुई दिनदेखि स्थगित भएका छन्। नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले वडा नं १ मा फर्जी मत परेको दाबी गर्दै विरोध जनाएपछि शनिबार दिउँसो ३ बजेदेखि स्थगित भएको मतगणना अझैसम्म सञ्चालन हुन सकेको छैन्।

मतगणना सुचारु गर्नका लागि आइतबार साँझ सर्वदलीय बैठक डाकिएको भएपनि राजनीतिक सहमति हुन नसकेकाले मतगणना हुन नसेको पुनर्वास नगरपालिकाका निर्वाचन अधिकृत रमेश गौतमले जानकारी दिए। “पहिलो वडा नं १ को मात्रै पुनःगणना गर्ने माग थियो,” उनले भने – “विरोधमा रहेका दलले गणना भएका सबै वडाको पुनःगणना गर्न माग राखेपछि सर्वदलीय बैठकमा सहमति जुट्न सकेन।”

बैठकमा कांग्रेस र माओवादी केन्द्रले गणना भएका वडा १ देखि ६ सम्मको पुनः गणना हुनुपर्ने माग राखेका थिए । ‘यस सम्बन्धमा आवश्यक निर्देशनका लागि आयोगमा पत्राचार गरेका छौं,’ निर्वाचन अधिकृत गौतमले भने– ‘निर्वाचन आयोगको निर्देशन अनुसार अघि बढ्छौं।’

उनले आयोगको निर्देशनपछि मतगणना अघि बढाउने जानकारी पनि दिए। पुनर्वास नगरपालिकामा कुल २१ हजार २७९ मत खसेको निर्वाचन अधिकृत गौतमले जानकारी दिए।

मतगणना सम्पन्न भएका ६ वडामध्ये चारको वडाध्यक्षमा नेकपा एमाले र दुईको वडाध्यक्ष माओवादी केन्द्र विजयी भएका छन्। वडा नं १ मा फर्जी मत परेको विषयलाई लिएर दलका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन शनिवार प्रहरीलाई हवाइ फायर समेत गर्नुपरेको थियो। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ