arrow

दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब

logo
प्रकाशित २०७४ असार १९ सोमबार
dipayal-siladhi-doti.png

डोटी । दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो । ९ नं वडाको मतगणना रोकिएको छ । 

९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए । 

सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का बाजी ले तीन हजार ८५७ मत प्राप्त गरेका छन् भने उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गरेका छन् ।  

नेकपा एमालेकी प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत प्राप्त गरेकी छिन् भने उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ