arrow

गाउँमै युवालाई स्वरोजगार बनाउँछु –वडाध्यक्ष राजेन्द्र बास्तोला 

logo
प्रकाशित २०७४ असार १९ सोमबार
rajendra_bastola.jpg

इलाम । युवा काँग्रेसी नेता राजेन्द्र बास्तोलाले गाउँमै युवालाई स्वरोजगार बनाउने अठोट गरेका छन् । इलामको देउमाइ नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्षमा विजयी भएसंगै बास्तोलाको लक्ष्य अझ दृढ बनेको हो । 

उनले भने, ‘११ वर्ष म आफै काठमाडौंमा बसें, तब मलाई लाग्यो अब त गाउँमा गएर केही गर्नुपर्छ अनि मैले अरु केही नसोची आफ्नो गाउँमा आएर चुनाव लडें ।’

३१ वर्षीय बास्तोलाको जोश बेग्लै छ । उनले काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट बीएस्सी पढे । काँग्रेसका केन्द्रीय सदस्य गगन थापासग बिचार मिल्न थाल्यो । 

तब केही गर्छु भन्ने जोश बोकेर उनी अगाडि बढे । आइबीएनएस कलेजबाट स्नातकोत्तर गरेका बास्तोलाको क्षेत्रमा चुनावी अभियानमा गगन थापा पुगेकाले समेत चुनाव जित्न सघाउ पुगेको उनको बुझाइ छ । 

गगन पुगे पनि । गगनले चुनावी सभामा जे बोले तीन शब्दशब्द राजेन्द्रले मनन गरेर राखेका छन् । उनी भन्छन्, ‘गगन दाइ आउनु भयो त्योभन्दा ठूलो कुरा मेरालागि अरु केही हुनै सक्दैन ।’ गगनले देश भरका युवालाई समाजको सेवा राजनीतिबाट गर्न सकिन्छ भन्ने सन्देश दिनुभएको छ । यो कुरावाट प्रभावित भएर नै म गाउँ फर्किएको हुँ ।

उनी अगाडि थप्छन्, ‘गगन दाइले हौसला दिनुभयो अब म त्यसलाई पूरा गरेरै छाड्छु ।’ राजेन्द्रको वडा केन्द्रीय वार्ड हो । उनले एमालेका प्रतिद्धन्द्धी नगर कमिटि अध्यक्षलाई हराएका हुन् । त्यसले पनि अझ साहस बढेको छ ।
 
हेभिवेटलाई जिताउन एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ नै लागेका थिए । तर सकेनन् ।

साहस बढेका राजेन्द्र स्पष्ट भन्छन्, ‘जसरी म गाउँमै सेवा गर्ने भनेर काठमाडौंबाट हान्निएर गाउँ आएको छु त्यसरी नै युवालाई अब विदेश जान दिन्न, यहीं के धेरै गर्न सकिन्छ भनेर प्रमाणित गर्छु ।

उनको क्षेत्रमा मेयरमा एमालेका सूर्य पोख्रेल विजयी भएका छन् । उपमेयरमा एमालेकै पविमाया राई विजयी भएकी छिन् । 

यस्तो परिस्थितिमा प्रतिपक्षी दलका राजेन्द्रले आफ्नो शाख कसर जोगाउलान् त्यसको व्यग्र प्रतिक्षा युवाले गर्ने नै छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ