arrow

अछामको चौरपाटीमा अचम्मको नजिता, जम्मा एक मतको हार, काँग्रेसलाई छट्पटी

logo
प्रकाशित २०७४ असार १८ आइतबार
achham_new.png

मंगलसैन । अछामको चौरपाटी गाउँपालिकामा एमाले उम्मेदवार जम्मा १ मतले विजयी भएका छन् । एमाले उम्मेदवार हर्क साउद १ मतले विजयी भएका हुन् । नेपाली काँग्रेसका भीम साउद १ मतको अन्तरले हार्न पुगे ।
हर्क साउदले ३ हजार १ सय ३८ मत ल्याउँदा कांग्रेस उम्मेदवार भीम साउदले जम्मा एक मत कम ३ हजार १ सय ३७ ल्याए । चौरपाटी गाउँपालिकामा आश्चर्यजनक नतिजा आएको भन्नै स्थानीय दलका प्रतिजिधि मुखा–मुख गरिरहेका  छन् । एमालेले विजय उत्सव मनाएको छ भने, काँग्रेसलाई छट्पटी भएको छ ।

उपाध्यक्षमा भने काँग्रेस उम्मेदवार माया कुँवर ३ हजार १ सय ७३ मत ल्याएर विजयी भइन् । उनका निकटम प्रतिस्पर्धी एमालेकी सुशीला बोगटीले ३ हजार १ सय १ मत ल्याइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ