-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
संखुवासभा । संखुवासभाको पाँचखपन गाउँपालिकामा मिश्रित परिणाम आएको छ । अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ ।
अध्यक्षमा कांग्रेसका विपिन राई ३४०९ मतका साथ बिजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मानसिंह पोखरेलले ३३३० मत पाए ।
उपाध्यक्षमा भने एमालेकी भीम राई ३३८० मतका साथ विजयी भइन् ।
उनकी निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी सीता श्रेष्ठले ३०२९ मत पाइन् ।