प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसले अध्यक्ष र उपाध्यक्ष नै जितेको हो ।
कांग्रेसका विष्णुकुमार गिरी ३७४२ मतका साथ विजयी भएका हुन् । उनले राष्ट्रिय जनमोर्चाका विदुर मल्ललाई हराए । विदुरको २५७४ मतमात्र रह्यो ।
उपप्रमुखमा कांग्रेसकै तुलसी सुनार ३०९० मत ल्याएर विजयी भएकी छिन् । उनले एमालेकी प्रतिद्वन्द्वी ज्ञानुमाया केसीलाई हराएकी हुन् । केसीले २६२७ मत ल्याइन् ।