arrow

प्यूठानको स्वर्गद्धारी नगरपालिकामा एमालेको जित, काँग्रेस तेस्रोमा 

logo
प्रकाशित २०७४ असार १८ आइतबार
pyauthan.png

प्यूठान । प्यूठानको स्वर्गद्धारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । त्यहाँ भएको गठबन्धनलाई निस्तेज पार्दै एमाले अब्बल ठहरिएको हो । 

राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको गठबन्धनलार्इ हराउँदै मेयर र उपमेयरमा एमाले बिजयी भएको हो । 

मेयरमा एमालेका नेत्रबहादुर रोकायले ४५९८ मत ल्याउँदा गठबन्धनका वीरबहादुर पुनले ४४५८ मत ल्याए । काँग्रेसका टेकप्रसाद भण्डारीले २९६६ मत ल्याए ।

उपमेयरमा एमालेकी गोमा रेग्मी ३६४५ मतसहित बिजयी भइन् । राजमो र माओवादी केन्द्रको गठबन्धनकी दुर्गा रेग्मीले ३३७० मत ल्याइन् । काँग्रैसकी बाली खड्काले भने जम्मा २४६१ मत ल्याइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ