arrow

बाँकेका कुन् स्थानीय तहमा कसले जिते ?

logo
प्रकाशित २०७४ असार १७ शनिबार
nepaljung_submetropolition_map.png

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३,४ र ५ नम्बर वडाको मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रक अयुब सिद्धिकीले ५२४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार अब्दुल ताफिक अन्सारीले ४५० मत प्राप्त गरेका छन् । 

त्यस्तै, वडा नम्बर ४ मा राप्रका सफिक बेहनाले ६ सय ९७ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका प्रतिद्धन्द्धी चेत बहादुर गुरुङले ५ सय २४ मत प्रात गरेका छन् । त्यस्तै, वडा नम्बर ५मा राप्रपाले वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएको छ । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मेराज अहमद हलवाइले २ सय ६२ मत प्राप्त गरेका छन्।

बाँकेको ८ वटा स्थानीय तह मध्ये बैजनाथ गाउँपालिका प्रमुखमा नेपाली काङगेसका डिल बहादुर खत्रीले २ हजार ६० मत प्राप्त भएका छन् भने नेकपा एमालेका मान बहादुर रुचालले ३६ सय ५८ मत प्राप्त गरेका छन् । सोही गाउँपालिकाको वडा नं २ को मतगणना भइरहेको छ । उपप्रमुखमा नेपाली काङग्रेसकी भावना चौधरीले ४७ सय ३८ मत प्राप्त गरेका छन् । प्रतिद्धन्दी नेकपा एमालेका चमेली कुमारी बकवालले ४१ सय ७९ मत प्राप्त गरेका छन् । 

डुडुवा गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट प्रमुख पदका उम्मेदवार नरेन्द्र चौधरी १ सय १३, मत प्राप्त गरेका छन् । संघीय समाजबादी फोरमबाट प्रमुख पदका उम्मेदवार विजय कुमार यादव १३ सय ६९ मत प्राप्त गरेका छ । उपप्रमुखमा नेपाली काङग्रेसका साहिदा वानुले १७ सय ८७ मत प्राप्त गरेका छन् । उनलाई संघीय समाजवादीकी जबिदा खातुनले १२ सय २७ मत प्राप्त गरी पछ्याइरहेकी छिन् ।  

राप्ती सोनारी गाउँपालिकामा नेपाली काङग्रेस बाट प्रमुख पदका उम्मेदवार लाहुरराम चौधरीले ४६ सय ८७ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्धन्दी नेकपा एमालेका तुल्सीराम थारुले ४१ सय ५२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली काङग्रेसकी धन कुमारी खत्रीले ४७ सय ३८ मत प्राप्त गरेकी छिन् । प्रतिद्धन्दी नेकपा एमालेका चमेली कुमारी बकवालले ४१ सय ७९ मत प्राप्त गरेकीछिन् । वडा नं १, ३, २, ८, ९ वडामा काङग्रेसको सबै प्यानल नै बिजयी भएको छ । वडा नं २ मा एमालले जीत हाँसिल गरेको छ । 

खजुरा गाउँपालिकाको प्रमुखमा एमालेका किस्मत कक्षपतिले २०४८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका डम्मर बिकले ११ सय ११ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेका एकमाया बिकले २ हजार ५९ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका फिरोज खाँले ९६९ मत प्राप्त गरेका छन् । जानकी गाउँपालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका याम बहादुर थापाले मत प्राप्त गरेका छन् ।  नन्द किशोर बर्मा कुर्मीले ३ सय ९५ मत प्राप्त गरेका छन् । त्यसैगरी, उप प्रमुखमा संघीय समाजबादीका सुन्दरी त्रिपाठीले ३ सय ५७ मत प्राप्त गरेकिछिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तारावती कुर्मीले ३ सय १३ मत प्राप्त गरेका छन् ।

नरैनापुर गाउँपालिका प्रमुखमा संघीय समाजबादी फोरमका ईश्तियाक अहमद शाह ४ सय ८० मत प्राप्त गरी बिजयी भएका छन् । उपप्रमुखमा पनि सोही पार्टीकी जयन्ती देवी श्रीवास्तवले ३ हजार ४४ मत प्राप्त गरी बिजयी भएका छन् ।  कोहलपुर नगरपालिकामा नेपाली काङ्ग्रेस मेयरका उम्मेदवार भानुभक्त भट्टराईले १६ सय १२ मत प्राप्त गरेकिछिन् भने उपमेयर सन्जु कुमारी चौधरीले १७ सय ५६ मत प्राप्त गरेका छन् । एमालेका प्रमुख पदका उम्मेदवार लुट बहादुर रावतले एमालेका १२ सय ५१ ले मत प्राप्त गरेका छन् भने उपप्रमुखमा कृष्णा कुमारी चौधरी १४ सय ६९मत प्राप्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ