arrow

विराटनगरमा काँग्रेसले बढायो भारी मतान्तर, उपमेयरमा समाजवादीले पछार्‍यो एमाले गठबन्धनलाई

logo
प्रकाशित २०७४ असार १७ शनिबार
biratnagar-mahanagarpalika-metro.png

काठमाडौं । दोस्रो चरणमा चुनावी प्रतिस्पर्धा भएको एक मात्र महानगर विराटनगरमा काँग्रेसले मतान्तर बढाएको छ । प्रमुखमा काँग्रेसले एमाले– लोकतान्त्रिक फोरमको गठजोडलाई ७ सय बढी मतले लिड गरिरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा काँग्रेसले २५ सय ४१ मत ल्याउँदा एमाले– लोकतान्त्रिक फोरम गठजोडले १८ सय ६ मत ल्याएको छ । यस्तै, संघीय समाजवादी फोरम र माओवादी केन्द्रको गठजोडले १२ सय ४६ मत ल्याएको छ ।

विराटनगरको दक्षिणी क्षेत्रबाट समाजवादीले चामत्कारिक मत ल्याएको हो । उपप्रमुखमा समाजवादीको गठबन्धनले एमाले– लोकतान्त्रिक फोरम गठबन्धनलाई पछारेको छ ।

उपप्रमुखमा काँग्रेसले २१ सय ७२ मत ल्याउँदा समाजवादीको गठबन्धनले एक हजार २२ मत ल्याएको छ । एमाले–लोकतान्त्रिक फोरम गठबन्धनले ९ सय ९८ मत ल्याएको छ ।   

विराटनगरको दक्षिणी क्षेत्र, बढी मधेसी समुदायको बसोबास रहेको क्षेत्र हो भने, मधेश आन्दोलन प्रभावित क्षेत्र समेत मानिन्छ ।

विराटनगरको १, २, ३, ४, ५, ६, १६, १७ र १८ वडाको मतगणना हुँदा भइरहेपनि कुनै पनि वडाको अन्तिम परिणाम नआएको जिल्ला सहकर्मी कुमोद अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ