गुलरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
प्रकाशित २०७४ असार १७ शनिबार
882
Shares
काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा कांग्रेस मुक्तिनाथ यादव ६२०७ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद ज्ञवालीले ५७ सय ६३ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि कांग्रेस नै विजयी भएको छ । उपमेयरमा काँग्रेसकी सुशीला गिरी ६३ सय ६४ मत ल्याएर बिजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी टिका सम्सली मगरले ५६ सय ८५ मत प्राप्त गरेकी छिन् ।