arrow

पुनर्वास नगरपालिकामा खसेको भन्दा बढी मत भेटिएपछि विवाद, मतगणना रोकियो

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ असार १७ शनिबार
punarbas_tanaba.jpg

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकामा खसेको मत भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको छ । १ नं वडाको मत गन्दा खसेको भन्दा २०० मत बढी भेटिएपछि काँग्रेस र माओवादी कार्यकर्ताहरुले विरोध प्रदर्शनमा उत्रिएका थिए । 

उनीहरुले विरोध प्रदर्शनका क्रममा केही सुरक्षाकर्मी माथि समेत हातपात गरेपछि तीनवटै सुरक्षा निकायले प्रदर्शनकारीमाथि बल प्रयाग गरेको थियो । त्यहाँ काँग्रेस माओवादी कार्यकर्ताले एमालेले धाँदली गरेको आरोप लगाएका छन् । 

विवाद मिलाउनको लागि अहिले यहाँ सर्वदलीय बैठक बसिरहेको छ । मतगणना कार्य अहिले रोकिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ