मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका असईले आफ्नै टाउकोमा गोली हाने
प्रकाशित २०७४ असार १७ शनिबार
536
Shares
लहान । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षक असईले आफैले बोकेको हतियारले आत्महत्या गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले शुक्रबार राती आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिए ।
उदयुपुरको त्रियुगा नगरपालिका– ११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न नसकेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ ।