arrow

विराटनगर महानगरपालिकामा काँग्रेसको अग्रता जारी

logo
प्रकाशित २०७४ असार १७ शनिबार
biratnagar-mahanagarpalika-metro.png

विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ ।

सो पार्टीबाट प्रमुखका उम्मेदवार भीम पराजुलीले एक हजार सात सय ४५ मत, नेकपा एमालेका विनोदकुमार ढकालले एक हजार दुई सय ३६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ सय ९१ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले एक हजार पाँच सय नौ, नेकपा माओवादी केन्द्रका नमिता न्यौपानेले सात सय ३३ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले छ सय ८५ मत प्राप्त गरेका हुन् ।

१९ वटा वडा रहेको विराटनगरमा यतिखेर १, २, ३, ४, १७ र १८ नं वडाको मतगणना भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ