arrow

अछामको कमलबजार नगरपालिकामा काँग्रेस विजयी

logo
प्रकाशित २०७४ असार १७ शनिबार
asam.png

अछाम । अछामको कमलबजार नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । 

मेयरमा काँग्रेसका ओमप्रकाश विष्टले ३५८७ मत ल्याइ विजयी हासिल गरेका हुन् । 

उनले एमालेका प्रतिद्धन्द्धी दिपक अधिकारीलाई पछि पारेका हुन् । 

त्यसैगरी उपमेयरमा पनि काँग्रेस नै विजयी भएको छ ।

काँग्रेसका भूमिशरण बजगाईले ३६७२ मतसहित विजय हासिल गरेका हुन् । 

बजगाईले एमालेकी मुना अधिकारीलाई पछि पारेका हुन् । 

वडा नम्बर ४, ५ र ९ एमालेले जित्यो भने बाँकी सबै वडामा काँग्रेस विजयी भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ