बझाङ । बझाङको बुंगल नगरपालिकामा नेपाली काँग्रेसको झण्डा गडेको छ । सुरुवातमा पछाडि रहे पनि अन्तिम समयतिर भने अगाडि आउँदै काँग्रेसले मेयर र उपमेयर नै कब्जा गर्न सफल भएको हो ।
मेयरमा काँग्रेसका धनबहादुर विष्ट ५२५९ मतका साथ विजयी भएका हुन् । त्यसैगरी उपमेयरमा काँग्रेसकै कमला जोशी ५३६० मतका साथ विजय भइन् ।