राती साढे २ बजेसम्म धरानमा एमालेले पछार्न सकेन काँग्रेसलाई
प्रकाशित २०७४ असार १७ शनिबार
796
Shares
काठमाडौं । राती साढे २ बजेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेसले नै धरान उपमहानगरपालिकामा अग्रता हाँसिल गरेको छ । काँग्रेसका तिलक राई १६ सय ९ मत सहित अहिले अग्र स्थानमा रहेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका तारा सुब्बा एक हजार ५ मत सहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा भने माओवादीका अइन्द्र विक्रम बेघाले ५ सय ९९ मत ल्याएका छन् ।
त्यस्तै, उपमेयरमा श्याम रेग्मी १५ सय ९९ मतका साथ अगाडि छन् । त्यस्तै, दोस्रो स्थानमा एमालेकी मञ्जु भण्डारी १२ सय २७ मतका साथ दोस्रो स्थानमा छिन् ।