इटहरीमा राती २ बजेसम्मको यस्तो छ ताजा परिणाम, अगाडि काँग्रेस नै
प्रकाशित २०७४ असार १७ शनिबार
175
Shares
काठमाडौं । सुनसरीको इटहरीमा नेपाली काँग्रेसको अग्रता कायमै रहेको छ । राती २ बजेसम्मको समग्र मत परिणाम हेर्दा अहिले नेपाली काँग्रेसका रोहित प्रसाईको २३ सय ७९ मत आएको छ । प्रमुखमा उनका निकटतम प्रतिस्पर्धी एमालेका द्वारिकलाल चौधरीले २ हजार २५ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवारको तीन सय १ मत आएको छ ।
त्यस्तै, उपमेयर पनि काँग्रेस नै अगाडि रहेको निर्वाचन अधिकारी भरतमणि रिजालले जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेसकी विमला ढकाल राती २ बजेसम्म २ हजार ४ सय २७ मत ल्याएकी छिन् । दोस्रो स्थानमा एमालेकी लक्ष्मी गौतमको २ हजार १ सय ६५ ल्याएकी छिन् । अहिले इटहरीमा ५ समूह बनाएर मत गन्न थालेको रिजालले जानकारी दिए ।