मैवाखोलामा एमालेको क्लिनस्वीप, एकजना दलित महिला बाहेक सबै एमाले
प्रकाशित २०७४ असार १६ शुक्रबार
140
Shares
काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेले अन्य पार्टीलाई क्लिन स्वीप गराईदिएको छ । शुक्रबार साँझ सार्वजनिक भएको मत गणनामा गाउँपालिकाका सबै पदहरुमा एमालेले विजय हाँसिल गरेको छ । निर्वाचन अधिकारी खडानन्द पराजुलीले दिएको जानकारी अनुसार गाउँपालिकाको ४ नं वडाकी एकजना दलित महिला बाहेक अरु सबै पदहरुमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजनकुमार थक्लुङले १८ सय १५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार डम्बरबहादुर लिम्बुले १२ सय १५ मत ल्याएका छन् । त्यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार कौशिला थक्लुङले १९ सय ५१ मत ल्याउँदा काँग्रेसकी उम्मेदवार सुजता लिम्बुले १२ सय ५० मत ल्याएकी थिईन् ।