arrow

एमालेले २५ वर्षसम्म जितेको गाउँपालिकामा काँग्रेसले गाड्यो चारतारे झण्डा 

logo
सिताराम गुरागार्इँ
प्रकाशित २०७४ असार १६ शुक्रबार
taplejung.jpg

ताप्लेजुङ । लगातार २५ वर्षसम्म सबै निर्वाचनहरु जितेर रजत जयन्ती मनाएको ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा एमालेको लाल किल्ला तोडिएको छ । मेरिङदेन गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गणेश बहादुर लिम्बु निर्वाचित हुँदै विजयको झण्डा फहराएसँगै एमालेको किल्ला तोडिएको हो । 

लिम्बुले २ हजार ३ सय मत प्राप्त गर्नुभएको छ भने उनका निकतम प्रतिद्वन्दी नेकपा एमालेका मंगलसिंह केदेमले २ हजार १ सय ८५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने एमालेका कल्पना तुम्बाहाम्फे निर्वाचत भएको निर्वाचन अधिकृत भिम बस्नेतले जानकारी दिए । उनले २ हजार ३ सय ३४ मत प्राप्त गरेकी छिन् । 

पराजित माओवादी केन्द्रका भीम लिम्बुले १ हजार ८१ मत प्राप्त गरेका छन् । उता आठराई त्रिवेणी गाउँपालिकामा पनि नेपाली काँग्रेस नै विजयी भएको छ । काँग्रेसका विश्वनाथ सिटौलाले एमालेका लक्ष्मीबहादुर यक्सोलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका हुन् । अहिले मतगणना जारी रहेका ५ मध्ये ३ तहमा कांग्रेसले अग्रता लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ