काठमाडौं । रोल्पाको थवाङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । शुक्रबार राती अबेर आएको मत परिणामा माओवादी केन्द्रका बीर बहादुर घर्ती अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा पनि केन्द्रकै राम किरिणी रोक्का विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
अध्यक्ष घर्तीको १९ सय ९० मत आएको छ भने उपाध्यक्ष रोक्काको १९६९ मत आएको छ । माओवादीको उद्गम थलो मानिने रोल्पा र त्यसैको पनि थवाङमा केन्द्रको विजयसँगै माओवादीले आफ्नो विरासत जोगाएको बताउन थालिएकोछ । यस अघि नै रुकुमका सबै स्थानीय तहमा माओवादीले विजय हाँसिल गरिसकेको छ ।