जिल्ला शिक्षा अधिकारी बनिसकेकालार्इ साधारण लेखपढ गरेकाले हराए
'चुनाव जित्ने पढार्इले होइन, नेतृत्व क्षमताले हो' भन्ने उदाहरण
प्रकाशित २०७४ असार १६ शुक्रबार
568
Shares
काठमाडौं । भोजपुर नगरपालिका–७ मा नेपाली कांग्रेस विजयी भएको छ । वडाअध्यक्षमा नेपाली कांग्रेसका जयबहादुर तामाङ ३२७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सिताराम श्रेष्ठले २५७ मत ल्याएका छन् ।
बजार क्षेत्रको यो वडामा चुनावी भिडन्त निकै रोचक बन्न पुग्यो । यो वडामा पूर्व जिल्ला शिक्षा अधिकारी देखि साधरण लेखपढ गरेका उम्मेद्वार समेत चुनावी मैदानमा थिए । एमाले उम्मेद्वार श्रेष्ठ जिल्ला शिक्षा अधिकारीबाट अवकास प्राप्त गरेपछि एमाले प्रवेश गरेर निर्वाचन लडेका हुन् । कांग्रेसका तामाङ भने एसएलसी गरेका व्यक्ति व्यक्ति हुन् । यही कारणले पनि भोजपुर नगरपालिकाको यो वडाको निर्वाचन बहुचर्चित बनेको थियो ।
श्रेष्ठले चुनावी सभा र घरदैलोका क्रममा आफु पढे लेखेको व्यक्ति भएकाले समान्य लेखपढ भएकालाई मत हालेर खेर नफाल्न आग्रह गर्दै आएका थिए । तर, मतदाताले भने पढेलेखेका भन्दा पनि इमान्दार छवि भएका व्यक्तिलाई प्रतिनिधी चुनेका छन् । तामाङ लामो समय देखि समाजिक काममा सक्रिय रहँदै आएका व्यक्ति हुन् ।