कपिलबस्तुमा स्वतन्त्र उम्मेदवारहरुको सम्मानजनक मत, अग्रता मिश्रित
मणिप्रसाद गैह्रै,
प्रकाशित २०७४ असार १६ शुक्रबार
378
Shares
कपिलवस्तु । दोश्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहहरुको प्रारम्भिक नतिजा मिश्रित देखिएको छ । जिल्लाका १० स्थानीय तह मध्ये ४ वटा स्थानीय तहमा नेपाली कांग्रेस अगाडि देखिएको छ भने २ वटामा एमाले १ वटामा संघीय समाजवादी फोरम, १ मा राप्रपा र २ स्वतन्त्र उम्मेदवार अगाडि देखिएका छन् ।
पछिल्लो ताजा मतपरिणाम अनुसार कपिलवस्तु नगरपालिकाका स्वतन्त्र उम्मेदवार रामदास गुप्ता १ हजार १ सय ८६ का अगाडी छन् भने नेपाली कांग्रेसको मेयर पदका उम्मेदवार किरन सिहंले १ हजार ७१ मतका साथ पछ्याई रहेका छन् ।
यस्तै बाणगंगा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी गठबन्धबाट उम्मेद्वार बनेका मंगल प्रसाद थारुले २ हजार २ सय ७ मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेकी बिमला घिमिरेले १ हजार ६ सय ७२ मत सहित पच्छाईरहेकी छिन् ।
त्यस्तै, कृष्णनगर नगरपलिकामा राप्रपाका श्याम मिश्रले ९ सय ४८ मत ल्याएका छन् भने उनलाई पच्छ्याउदै स्वतन्त्र उम्मेद्वार रजत प्रताप शाहले ७ सय ३२ मत ल्याएका छन् । यस्तै बुद्धभूमि नगरपालिकामा नेपाली काँग्रेसका केशव श्रेष्ठले १ हजार ६ सय ९९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रुपेश श्रेष्ठले १ हजार ४ सय ५६ मत ल्याएर पच्छाईरहेका छन् । यस्तै, महारागंज नगरपालिकमा नेपाली काँग्रेस छाडेर स्वतन्त्र उम्मेद्वार बन्नु भएका दीर्घनारायण पाण्डेले १ हजार ८८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसकै अब्दुल कलाम खाँले ८ सय ५ मत ल्याई पच्छाई रहेका छन् ।
उता, शिवराज नगरपालिकामा भने नेकपा एमाले अग्रस्थानमा देखिएको छ । नेकपा एमालेका मेयर पदका उम्मेद्वार नेत्रराज अधिकारी १ हजार ५ सय ५३ मत ल्याएका छन् । फोरम लोकतान्त्रिका शतिष गुप्ता ५ सय ४७ मत ल्याएर दोश्रो स्थानमा छन् । जिल्लाका चार वटा गाउँपालिका मध्ये यसोधरा गाउँपालिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार ग्रिजेश पाण्डेय ९ सय ३५ मत ल्याई अग्र स्थानमा छन् भने उनलाई नेकपा माओवादी केन्द्रका उम्मेद्वार ५ सय २० मत ल्याई पच्छाई रहेका छन् ।
मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरमका बजरङ्गी चौधरीले १ हजार ३ सय २१ मत ल्याएका छन् । नेपाली काग्रेसका वलीउद्दिन मुसलमानले ५ सय ७८ उनलाई पच्छाई रहेका छन् । यस्तै बिजयनगर गाउँपालिकामा नेपाली कांगे्रसका बागी उम्मेद्वार अब्दुल रफिक खाँले १ हजार २ सय २३ मत ल्याएर अग्रस्थानमा छन् उनलाई नेकपा एमालेका उम्मेद्वार गोपाल थापाले १ सय ९० ल्याई पछ्याई रहेका छन् । यस्तै शुद्धोधन गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वारले २ सय ३७ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेद्वारले २ सय १३ मतका साथ पछ्याई रहेका छन् ।