स्वामीकार्तिकमा रोचक भीडन्त, २ वटा वडा सकिँदा प्रमुखमा बराबर मत
प्रकाशित २०७४ असार १६ शुक्रबार
634
Shares
काठमाडौं । बाजुराको स्वामिकार्तिक गाउँपालिकामा रोचक प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म सार्वजनिक भएको दुईवटा वडामा काँग्रेस र एमालेका उम्मेदवारहरुको मत बराबर आएपछि कसको अग्रता भन्नेमा नै अन्यौलता छाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख मानबहादुर थापाका अनुसार स्वामि कार्तिकको प्रमुखमा दुबै पार्टीको एकहजार ४३ मत आएको छ । ३ नं वडाको भने ४ सय २ मत गनिसकिएको छ । अब बाँकी रहेको ८ सय ८८ मत गनेपछि मात्रै तीन नं वडाको मत परिणाम निकाल्ने तयारी भईरहेकोछ ।
उता, दुई वटा वडामा दुबै वडाध्यक्ष एकएक वटा पार्टीले जितेका छन् । १ नं वडामा काँग्रेस विजयी भएको छ भने २ नं वडामा एमाले विजयी भएको छ ।