काठमाडौं । प्रधानमन्त्री एव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहनगर डडेल्धुरामा नेकपा एमालेले विजय हाँसिल गरेको छ । जिल्ला निर्वाचन अधिकार कृष्ण नायकले दिएको जानकारी अनुसार अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वर प्रसाद ओझाले जिय हाँसिल गरेका हुन् । उपमेयरमा पनि एमालेकी संगीता भण्डारी विजयी भईन् ।
दोस्रो चरणको निर्वाचनमा १सय ११ नगरपालिकामध्ये एमालेले देउवाको गृहनगर अमरगढीबाट नगरपालिकामा विजयको खाता खोलेको हो । एमाले उम्मेदवार विश्वेवर प्रसाद ओझाले ३७६८ मत ल्याउँदै काङ्ग्रेस उम्मेदवार डिल्लीराज ओझालार्इ हराए । डिल्लीराजले ३६४० मत पाएका छन् । माओवादी उम्मेदवार शोभा भट्टको पक्षमा ३३९ मत परेको छ ।
उपप्रमुखमा एमालेकी संगिता भट्ट विजयी भएकी छन् । उनले ३ हजार ५१७ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसकी पार्वती झुकालले ३ हजार २६९ मत पाइन् । माओवादीका करुणाकर ओझाले ७१७ मत पाएको नायकले बताए ।
प्रधानमन्त्री देउवा निर्वाचन अघि ७ दिनसम्म आफ्नो गृहनगरमा गएर चुनाव जिताउन सक्रिय भएपनि अन्ततः मतपरिणाम एमालेको पक्षमा आएको हो ।