साँफेबगरमा अझै सुरु भएन मतगणना, काँग्रेस-एमालेबाटै पुन मतदानको माग
प्रकाशित २०७४ असार १६ शुक्रबार
361
Shares
काठमाडौं । अछामको साँफेबगरमा काँग्रेस र एमालेले पुनः मतदान गर्न माग गरेपछि निर्वाचन भएको तेस्रो दिनसम्म पनि मतगणना सुरु हुन सकेको छैन । नगरपालिकाको वडा नं ६ र ७ नं वडामा देखिएको विवादका कारण मतगणना सुरु नभएको निर्वाचन अधिकारी पूर्णप्रसाद रिजालले जानकारी दिए ।
वडा नं ६ मा काँग्रेसले पुनः मतदानको माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयबाटै बिहीबार विज्ञप्ती जारी गरी सो माग गरिएको थियो । उक्त वडाको चन्द्रोदय मावि मतदान केन्द्रमा एमालेले बुथ कब्जा गरेको आरोप काँग्रेसले लगाएको छ ।
त्यस्तै, वडा नं ७ मा एमालेले पनि सोही आरोप लगाएको छ । यी दुबै पार्टीको माग निर्वाचन आयोगमा पठाईएको र आयोगको निर्णयपछि मात्रै काम सुरु हुने रिजालले जानकारी दिए ।