बाजुरा । बाजुराको छेडेदह गाउँपालिका काँग्रेसको कब्जामा गएको छ । काँग्रेसका अध्यक्षका उम्मेदवार नरबहादुर राउत ३७०५ मतले विजयी भएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा पनि काँग्रेस विजयी भएको छ । काँग्रेसकी उम्मेदवार कुन्ती बुढा सावदले विजय हासिल गरेकी हुन् । दुवै पदमा एमाले निकटतम प्रतिद्धन्द्धी थियो ।
योसंगै काँग्रेसले चार वटा स्थानीय तह जितेको छ । एमालेले ३ तथा माओवादी केन्द्रले १ तह जितेको छ ।