कञ्चनपुर । कञ्चनपुरको पुरानो नगरपालिका भीमदत्तमा काँग्रेसका मेयर पदका उम्मेदवार पदम बोगटीले ११९ मतले अग्रता लिएका छन् ।
उनले १३०० मतपत्र गणना सकिदा ५४६ मत ल्याएका छन् । उनलाई एमालेका सुरेन्द्र बिष्टले ४२७ मतले पच्छ्याई रहेका छन् ।
मेयर पदमा माओवादीका गोपाल रसायीलेले १४२ मत पाएका छन् । भीमदत्तमा उपमेयर पदमा काँग्रेसकी सुशिला सिँह चन्दले ५६१, एमालेकी माया पन्तले ४३५, माओवादीकी नारुदेवी सिँहले १३९ मत प्राप्त गरेकी छिन् ।