दार्चुलामा काँग्रेस अगाडि, १४ वडामध्ये १० काँग्रेसको पक्षमा, ४ वटा तहमा अगाडि
प्रकाशित २०७४ असार १६ शुक्रबार
378
Shares
दार्चुला । दार्चुलामा नेपाली काँग्रेस अगाडि देखिएको छ । काँग्रेसले अहिलेसम्म अन्तिम परिणाम आएका १४ वडामध्ये १० वटा जितेको छ । त्यसैगरी एमालेले ४ वडा जितेको छ ।
९ वटा स्थानीय तहमध्ये ४ वटामा काँग्रेस अगाडि रहेको छ जसमा दुई नगरपालिका पनि रहेका छन् । दुई वटामा एमाले अगाडि रहेको छ ।
माहाकाली नगरपालिकामा मेयर र उपमेयरमा काँग्रेस अगाडि छ । हंसराज भण्डारी २३६५ मत ल्याइ अगाडि छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेका नरसिंह चैसरीको २०५५ मत छ । त्यसैगरी उपमेयरमा काँग्रेसकी सुना बोहराको २३७५ मत छ भने एमालेकी दुर्गा धामीको २०१३ मत छ ।