arrow

मतगणनामा फेरि पनि ढिलाइ, बुटबलमा न सूचना न गणना  

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
rupendehi.png

बुटबल । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा मतगणनामा फेरि पनि ढिलाई भएको छ । त्यसैगरी सूचना दिनसमेत हिच्किराइरहेको अवस्था छ ।

बुटबल उपमहानगरपालिकामा  मतगणनामा ढिलाइ भएकै कारण पनि संचारकर्मीलाईसमेत सूचना दिइएको छैन । बिहीबार बेलुकी जुन विवरण दिइएको थियो अहिलेसम्म त्यसलाई बढाइएको छैन ।

बेलुकीसम्म प्रमुखमा बुटवल नगर प्रमुखमा नेपाली काँग्रेसका खेलराज पाण्डेले ९७७ मतले अग्रता लिएका छन् ।  उनलाई  नेकपा एमालेका शिवराज सुवेदीले ५९४ मतले पछ्याइरहेका छन् । 

यस्तै उपप्रमुखमा नेकपा एमालेकी गोमा आचार्य ६८४ मतले अगाडि छिन् भने नपाली काँग्रेस– ९माओवादी केन्द्र० का उम्मेदबार जगतबहादुर पोखरेल दुई मतले पछाडि छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ