वर्दियाको मधुवनमा दुई सय भन्दा बढी मतले माओवादी अगाडि
प्रकाशित २०७४ असार १६ शुक्रबार
128
Shares
काठमाडौं । नेकपा माओवादीका उम्मेदवार बर्दियाको मधुवन नगरपालिकामा सम्मानजनक मतलेअगाडि बढेका छन् । अहिले १ नं वडाको मत परिणाम आईसक्दासम्म माओवादीको उम्मेदवार १५ सय ४७ मतका साथ पहिलो स्थानमा रहेको हो । उसलाई पछ्याईरहेको छ काँग्रेसले । काँग्रेसका उम्मेदवारको १३ सय ३५ मत आएको छ भने एमालेको ६ सय ६५ मत आएको छ ।
त्यस्तै, उपमेयरमा पनि माओवादीले अग्रता लिएको छ । माओवादीका उम्मेदवारले १५ सय २९ मत पाउँदा काँग्रेसका उम्मेदवारले १३ सय ६७ मत पाएका छन् । एमालेको भने ६ सय ६७ मत आएको छ ।