arrow

नेपालगञ्जमा काँग्रेस–एमालेबीच एक मतको अन्तर

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
npl_g.png

नेपालगञ्ज । स्थानीय तह निर्वाचन अन्तगर्त बाँकेमा मतगणना जारी छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकासहित ६ वटा गाउँपालिकामा मतगणना भइरहेको हो ।

२३ वटा वडा रहेको नेपालगन्ज उपमहानगर १ को मत परिणाम सार्वजनिक हुन लागेको छ । डुडुवा गाउँपालिकामा सबै भन्दा पहिले विहान २ बजे देखि मतगणना भएको थियो । तर, नेपालगञ्ज, कोहलपुर लगायतका स्थानमा दिउसो मात्र मतगणना शुरु र्भको थियो । नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षलयमा चुस्त सुरक्षा व्यवस्था सहित मतगणना भइरहेको  छ

नेपालगन्ज उपमहानगरपालिकामा ४३० मतगणना हुँदा नेकपा एमालेले प्रमुख मेयर पदमा १३७, उपमेयरमा १३८,नेपाली काँग्रेसले प्रमुख पदमा १३६, उपप्रमुख १२१, राप्रपाले प्रमुखमा ८७, उपप्रमुखमा ८७ र नेकपा माओवादी केन्द्र प्रमुखमा ५७, उपप्रमुखमा ५७ मत प्राप्त गरेका छन् । वडा नम्बर १ धम्बोजी हो ।

यस्तै कोहलपुर नगरपालिकामा २०० मत गणना हुँदा नेपाली कांग्रेसका भानुभक्त भट्टराईले ८५ मत, एमालेका लुट बहादुर रावतले ४१ माओबादी केन्द्रका नरेन्द्र न्यौपानेले ५४ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ