arrow

धनगढी उपमहानगरमा काँग्रेसकै अग्रता

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
Dhangadhi_Upamahanagarpalika.png

धनगढी । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरमा प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

पछिल्लो जानकारी अनुसार मेयरमा काँग्रेस उम्मेदवार ३ सय ३४ मत ल्याएका छन् । उपप्रमुखमा काँग्रेसकै सुशीला मिश्र भट्टले २१० मत ल्याएकी छन् ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २ सय ८९ मत ल्याउँदा एमाले उम्मेदवार दुर्गा जोशीले ६९ ल्याएका छन् । उपप्रमुखमा एमालेकी रुक्मीणि देवकोटाले ८३ मत ल्याएकी छन् । माओवादी केन्द्रका मेयर उम्मेदवार रामसमझ राना थारुले ६२ मत ल्याएका छन् ।

यस्तै, गोदावरी नगरपालिकामा काँग्रेस, टीकापुर नगर, भजनी नगर, जोशीपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम, चुरे गापामा एमाले, घोडाघोडी नगरपालिका, बर्दगोरिया गापा, कैलारी गापामा नेकपा माओवादी केन्द्र अगाडि छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ