अर्धकट्टी मतपेटिका भित्र भेटेपछि इलामको देउमाईमा विवाद, सुरु भएन मतगणना
प्रकाशित २०७४ असार १५ बिहिबार
448
Shares
काठमाडौं । मतपेटिका भित्र मतपत्रको अर्धकट्टी भेटिएपछि इलामको देउमाईमा विवाद सुरु भएको छ । यसका कारण सर्वदलीय बैठकले निर्णय गर्न नसक्दा अझैसम्म पनि मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकारी प्रेमप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार अहिले सर्वदलीय बैठक विहानैदेखि चलिरहेको भएपनि बैठकमा ठोस निर्णय हुन नसक्दा मतगणना सुरु हुन नसकेको हो । सर्वदलीय बैठकले निर्णय गरेपछि मात्रै के गर्ने भनेर निर्णय गर्न सकिने दाहालले जानकारी दिए ।