काठमाडौं । दाङका विभिन्न स्थानीय तहमा अहिलेसम्म आएको मत गणना मध्ये तीन वटा स्थानीय तहमा क्रमशः काँग्रेस, एमाले र माओवादी केन्द्रले मिश्रित अग्रता कायम गरेका हुन् ।
जिल्लाको राजपुर गाउँपालिकामा कूल १५ सय मत गन्दा नेकपा माओवादी केन्द्रले अग्रता हाँसिल गरेको छ । निर्वाचन अधिकारी धनबहादुर केसीले दिएको जानकारी अनुसार गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारको कूल ५ सय २७ मत आउँदा काँग्रेस उम्मेदवारको ४ सय ७५ र एमालेका उम्मेदवारको ३ सय १ मत अध्यक्षमा आएको छ ।
त्यस्तै, दाङको दंगीशरण गाउँपालिका कूल ४ सय १३ मत गन्दा नेकपा एमालेवाट अध्यक्षका उम्मेदवारले अग्रता हाँसिल गरेका छन् । अध्यक्षमा एमालेका उम्मेदवारले १ सय ४७ मत ल्याउँदा काँग्रेसका उम्मेदवारले १ सय २४ मत मात्रै ल्याएका छन् । माओवादीका उम्मेदवारको ९२ मत आएको छ ।
त्यस्तै, उपाध्यक्षमा एमालेको १ सय ४४मत आउँदा काँग्रेस उम्मेदवारको १ सय २२ मत आएको छ । माओवादी उम्मेदवारको भने ९७ मत आएको निर्वाचन अधिकारी रुद्रमणि गिरीले जानकारी दिए ।
उता, दाङको वंगलाचुली गाउँपालिकामा भने काँग्रेसका उम्मेदवार अगाडि आएका छन् । वडा १ को ४ सय ५२ मत गन्दा अध्यक्षमा काँग्रेसका उम्मेदवारको १ सय ६३ मत आएको छ । दोस्रो भएका एमाले उम्मेदवारको १ सय १४ मत र तेस्रो भएका माओवादी उम्मेदवारको १ सय ८ मत आएको निर्वाचन अधिकारी दण्डपाणि घिमिरेले जानकारी दिए ।
उपाध्यक्षमा भने काँग्रेसको १ सय ७७, एमालेको १ सय ४ र माओवादीको १ सय १६ मत आएको घिमिरेले जानकारी दिए ।