खाँदबारी नगरपालिकामा एमाले अगाडि, पछ्याउँदै काँग्रेस
प्रकाशित २०७४ असार १५ बिहिबार
524
Shares
काठमाडौं । संखुवासभाको खादबारी नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । बुधबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनाको क्रममा पहिलो ३ सय २३ मत गन्दा एमालेका उम्मेदवारको १ सय ५९ र काँग्रेसका उम्मेदवारका १ सय २६ मत ल्याएका छन् । प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारको १२ मत आएको छ ।
त्यस्तै, उपमेयरमा एमाले उम्मेदवारको १ सय ४९ मत आउँदा काँग्रेस उम्मेदवारको १ सय ३७ मत आएको छ । माओवादी उम्मेदवारको भने ११ मत मात्रै आएको निर्वाचन अधिकारी देवेन्द्र पौडेलले जानकारी दिए । अहिले नगरको १० नं वडाको मतगणना सुरु भएको हो ।