काठमाडौं । कैलालीको भजनी र टीकापुर नगरपालिकामा सर्वदलीय बैठक औपचारिक रुपमा सकिएको एक घण्टासम्म पनि मत गणना सुरु हुन सकिरहेको छैन । ११ बजेदेखि मतगणना सुरु गर्ने भनिएको भएपनि आचारसंहिता लगायतका विभिन्न विषयमा सहमति हुन नसकेपछि १२ बजेसम्म पनि मतगणना सुरु भएको छैन ।
अब साढे १२ बजेसम्ममा मतगणना सुरु गर्ने तयारी चईरहेको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले ११ बजेदेखि निर्वाचन मतगणना सुरु गर्ने भनिएको भएपनि सवा १२ बजेसम्म मतगणना सुरु नभएको निर्वाचन अधिकारीहरुले जनाएका छन् ।