कैलालीको भजनी र टीकापुरमा सर्वदलीय बैठक सकियो, मतगणना सुरु हुँदै
प्रकाशित २०७४ असार १४ बुधबार
570
Shares
काठमाडौं । कैलालीको भजनी र टिकापुर नगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठकले राती ११ बजेदेखि मत गणना सुरु गर्ने सहमित गरेको जिल्ला निर्वाचन अधिकारी मोहन प्रसाद अर्यालले जानकारी दिए ।
१३ वटा स्थानीयतह रहेको कैलालीको यी दुर्इ नगरपालिका बाहेक अरुमा भने बिहीबार मात्रै मतगणना सुरु हुन् बतार्इएको छ । १ ५ र ७ प्रदेशका ३३४ स्थानिय तहमा भएको मतदानको मतगणनाको लागी मत पेटीका पुर्याउने कार्य भै रहेको छ भने कतै सर्वदलीय बैठकको तयारी हुँदैछ।