बझाङमा काँग्रेसका वडाध्यक्षको उम्मेदवारलाई एमालेकाले कुटे, निर्वाचन रद्द
प्रकाशित २०७४ असार १४ बुधबार
533
Shares
काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच कुटाकुट हुँदा काँग्रेसका वडाध्यक्षका उम्मेदवार प्रेमबहादुर खड्का घाइते भएका छन् ।
बृद्धबृदालाई मतदान गर्न लगिदिने विषयमा विवाद चर्किँदै जाँदा नगरपालिकाको वडा नं ३ स्थित पाण्डु मावि मतदान केन्द्रको मतदान स्थल बाहिर उनीहरुबीच झडप भएपछि सो मतदान केन्द्रको मतदान रद्द गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ध्रुवकुमार भण्डारीले जानकारी दिए ।
उनका अनुसार सो मतदान केन्द्रमा शुक्रबार पुन: मतदान गरिने भएको छ । एक हजार ३१४ मतदाता रहेको सो मतदान स्थलमा ४२८ मत खसेपछि झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको